"नयाँ पुस्ताको चासो"
संप्रस पौडेलको यस ब्लगमा तपाईँहरुलाई हार्दिक स्वागत छ । कथा‚ कविता‚ गजल तथा हास्यव्यंग्यात्मक लेखरचना‚ विभिन्न फोटो‚ समाचार, लोकसेवा सामग्री तथा मनमा लागेका विभिन्न भावनाहरुलाई समेटिएको एकै झमेटमा अध्ययन गर्न सकिने यो ब्लग किताब लेख्ने जाँगर नचलेर तयार गरिएको हो । :-D कृपया ब्लग भिजिट गरेपछि कमेन्ट गर्न नबिर्सनु नि ।
Sunday, January 22, 2023
Friday, January 6, 2023
Wednesday, January 4, 2023
चुनाव अघि र पछि
चुनावअघि बालाई खेदौं खेदौं
चुनावपछि बालाई भेटौं भेटौं ।
चुनावअघि बाहरूलाई विदा गरौं
चुनावपछि बाकै नेतृत्वमा मन्त्री बनौं
चुनावअघि नो नट अगेट
चुनावपछि बा, अगेन एण्ड अगेन ।
चुनावअघि नाकको डाँडी भाँच्ने भाषण
चुनावपछि बस्ने ठाउँलाई आफ्नै हातको आसन ।
चुनावअघि 'स्याउँ स्याउँ मन्त्री धेर भो धेर भो'
चुनावपपछि नारा चल्यो 'मेरै हो मेरै हो' ।
पहिले पहिले खान नपाएर निराश निराश
अब नहोस् धेरै खाएर गुराँस गुराँस ।
सहरमा जसको चर्चा छ - ४
कैलाश कार्की, हास्यव्यङ्ग्य सर्जक/कलाकार
जन्मः तिङ्ला, सोलुखुम्बु
उहाँका केही चर्चित सिर्जनाहरूः
·
कोही यहाँ भोकै छन् तिमी छिन छिनमा खाइराको छौ
अरूलाई महिनौ हुने खाना
तिमी एक दिनमा खाइराको छौ
दुई छाक खाको भनेर मख्ख नपर
ए नेपाली
एक छाक त तिमीले ऋणमा
खाइराका छौ ।
·
कविहरूलाई
२ मिनेटजति हेर्यो भने आफैं रोउँ रोउँ लाग्छ ।
·
कहिलेकाँही
त विदेश गइदिउँ गइदिउँ लाग्छ
अनि युट्युब खोलेर हेर्छु
मनपरी बोलेर भए पनि भाइरल
भैदिउँ भैदिउँ लाग्छ ।
· २ हजारको जुत्ता लुकाएर २० हजार मागिराछन् सालीहरू ।
·
धनी
र गरीबको ट्वाइलेटबीच पनि विभेद छ । उनीहरूको ट्वाइलेट
मात्रै होइन, स्वीमिङ पुल नै हो ।
हाम्रोचाहिँ किटाणुले हात जोडेर भनिराछ- अरे यार कहिलेकाहिँ हार्पिक हालेर सफा त गर् ।
·
पैसा
नै नहुँदो हो त क्या मज्जा हुन्थ्यो होला । सामानले सामान साटिन्थ्यो होला ।
मोबाइल चाहियो भने मोबाइल पसलमा राँगो लिएर जानुपर्थ्यो होला । एनसेलको रिचार्ज
हाल्नुपर्यो भने भाले च्यापेर जानुपर्थ्यो होला ।
- यो सहर त एकाबिहानै कुद्नेहरूको सहर न रहेछ
धनीहरू पेट फाल्न कुदेको देख्छु
अनि गरीबहरू पेट पाल्न कुदेको देख्छु ।
कला जीवनको शुभकामना कैलाश ।
Tuesday, December 27, 2022
सहरमा जसको चर्चा छ-३
व्यङ्ग्य कविता
डायपर गलत ठाउँमा परेपछि
मार्क ट्वेन महोदय,
हामी पहिले पहिले 'लिडर' फेर्दैनथ्यौं
डायपर मात्र फेर्थ्यौं
जसको नतिजा
डायपर, समयअगावै विष्फोट हुन्थ्यो ।
डायपर
कहिले उत्तरतिर त
कहिले दक्षिणतिर झोलिन्थ्यो
डायपर
कहिले दुतावास त
कहिले नियोगतिर चुहिन्थ्यो ।
तर अब समय उस्तो रहेन
यसपाला हामीले
थुप्रै 'लिडर' फेर्यौं
उत्तिकै थान डायपर पनि फेर्यौं ।
मुखमा पनि लगाइदिनुपर्ने रहेछ डायपर
नछुट्नुपर्ने छुट्न गएछ ।
अफसोस छ,
पश्चाताप
छ मार्क,
हामी अझै उस्तै तनावले पिल्सिएका छौं
जुन भर्खरै मात्रै पत्तो पायौं-
झोल्लिएको हाम्रै गोप्यता रहेछ
चुहिएको हाम्रै कुटनीति रहेछ ।
हो मार्क,
लगाउनु पर्ने ठाउँमा
लगाइएनछ डायपर
डायपर त उनीहरूका
दिमागमा पनि लगाइदिनु पर्ने रहेछ ।
संप्रस, २०७९ पौष १२ हेटौंडा
Monday, December 26, 2022
विण्डोज ११ का महत्वपूर्ण सर्टकर्ट कीः
विण्डोज ११ का अति महत्वपूर्ण सर्टकर्ट कीहरूः
विण्डोज की र डब्ल्यू (windows+W)
विण्डोज ११ का प्रयोगकर्ताले मौसमसहित विभिन्न समाचार हेर्नको लागि कुनै ब्राउजर खोलिरहनु पर्दैन । विण्डोज की र डब्ल्यू थिचेमा प्रयोगकर्ताले मौसम सम्बन्धि जानकारीसहित विश्वभरका पछिल्ला समाचारहरु थाहा पाउँन सक्छन् ।
विण्डोज की र एन (Windows+N)
विण्डोज ११ अपरेटिª सिस्टम प्रयोगकर्ताहरुले कम्युटरमा भएका नोटिफिकेसनहरु हेर्न विण्डोज की र एन थिचे पुग्छ ।
विण्डोज की र ए (Windows+A)
यस सिस्टममा विण्डोज की र ए थिच्दा प्रयोगकर्ताले विण्डोज ११ मा वाईफाई, ब्लुतुथजस्तो अप्सनमा जान सक्छन् । यसले कम्युटरको सेटिङ अप्सनमा पुर्याउँछ ।
विण्डोज की र जेड (Windows+z)
विण्डाेज ११ सिस्टममा विण्डोज की र जेड थिच्दा प्रयोगकर्ता विन्डोजको लेआउट अप्सनमा पुग्छन् । जसले लेआउट कस्तो बनाउने भनेर छनोटको सुविधा दिन्छ ।
विण्डोज की र सी (Windows+C)
यस सिस्टममा माइक्रोसफ्टको टिम्स इनबिल्ट छ । विण्डोज की र सी थिचेर प्रयोगकर्ता सिंधै माइक्रोसफ्ट टिम्सको च्याटमा पुग्न सक्छन् ।
स्रोतः https://pradeshreport.com/technology/10562/
Sunday, December 25, 2022
सहरमा जसको चर्चा छ- २
-
गाइजात्रामय गाइजात्रा – संप्रस पौडेल “दिवस” उहिले उहिले बर्षमा एक दिन मनाइने गाइजात्राको धेरै महत्व थियो । सबैजना त्यही दिन ...
-
सुलसुले मिडिया, विशेष रिपोर्ट हेटौंडा, २५ असार सामान्यतयाः साहित्यकारहरूलाई समाजका समस्याबारे जानकार भई समाधानका लागि विभिन्न लेखरचनामार्फत्...
-
साथीहरुका सल्लाह सुझाव र सम्बन्धित विषयका व्यक्तित्वहरुको सहयोगमा ब्लगर संप्रस पौडेल द्वारा विगतमा लोकसेवाका विविध तहका परीक्षामा सयौं...